असोज १८, सोलुखुम्बु । नेपाली सेनाद्वारा आयोजित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । यहि साउन ३२ गते सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्यामु गाँउपालिका ५ स्थित थामेमा गएको हिमपहिरोको कारणले भएको बिरामिहरुलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको सोही ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविर यहि असोज १२ र १३ गते दुई दिन गरिएको हो । उक्त शिविरमा जम्मा ६२ जनाले सेवा लिएको जनाइएको छ । जसमा ३८ जना पुरुष र ३४ जना महिला रहेका छन् । शिविरमा सामान्य चेकजाँच गरी औषधी वितरण गरिएको छ ।
उक्त शिविर १८ बाहिनि अड्डाको मुख्य नेतृत्वमा दुर्गा बक्स गण ओखलढुङ्गा, पशुपति प्रसाद गण उदयपुर, रणभिम गण खोटाङ, भगवति प्रसाद गुल्म नाम्चे, १८ फिल्ड एमबुलेन्स गुल्म र १८ सिग्नल गुल्महरुको सक्रियतामा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । साथै सोही गुल्मका डाक्टर तथा चिकित्सकले बिरामीको चेकजाँच गर्नु भएको थियो ।
Discussion about this post