असाेज १९, साेलुखुम्बु । गत १२ गते सम्म ३ दिन परेको वर्षात तथा हिमपातले बिगारेको खुम्बु क्षेत्रको पैदल बाटो मर्मत गरिएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाको वडा नम्बर ४ र ५ क्षेत्रमा वर्षात र हिमपातका कारण भत्किएको पैदल बाटो मर्मत गरिएको हो ।
विश्वकै पहिलो पर्यटकीय गन्तव्य मानिएको खुम्बु क्षेत्र आउने पर्यटकले माथिल्लो हिमाली क्षेत्र घुम्नकालागी पैदल यात्रा गर्नुपर्ने तर वर्षातले ट्रेलहरु भत्काइदिँदा समस्या भएको भन्दै गाउँपालिकाको आर्थिक सहयोगमा बाटो मर्मत गरिएको हो । लुक्लाबाट माथि सर्वोच्च शिखर सगरमाथा, आमाडव्लम, लबुचे, कङमाला पास, चोला पास लगायत क्षेत्र जाने बिग्रीएको बाटो मर्मत गरि पूर्वअवस्थामा फर्काइएको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य पासाङ नुरु शेर्पाले बताउनुभयो ।
गाउँपालिकाको निर्देशनमा पर्यटकीय सिजनलाई ध्यानमा राखेर पर्यटकलाई यात्रा गर्न र याक हिँडाउन समस्या नहोस् भनेर २० लाख रुपैयाँको लागतमा ४ दिन लगाएर बाटो मर्मत सकिएको वहाँको भनाई छ ।
Discussion about this post