असोज २२, सोलुखुम्बु । सोलुखुम्बुमा नेपाली सेना र नेपाल प्रहरीले एक बिरामी ट्रेकिङ गाईडको उद्धार गरिएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ रीङपु स्थित जुके बस्दै आएका अन्दाजी ४५/४६ बर्षिय दावा तामाङको सोमबार दिउँसो ३ बजे उद्धार गरिएको हो ।
ट्रेकिङको सामान बोकेर खुम्बु एरिया जाने क्रममा बाटोमा अचानक बिरामी अवस्थामा नेपाली सेनाको एलआपि को टोलीले फेला पारी प्रहरीलाई खबर गरिएको थियो । लगतै नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरी गाडीमार्फतजिल्ला अस्पताल फाप्लुमा ल्याई तामाङको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post