असोज २९, सोलुखुम्बु । काठमाडौंबाट लुक्लाका लागि उडेका २ वटा हेलिकप्टर सोलुखुम्बुको थुलुङ दुधकोशीमा आकस्मिक अवतरण गरिएको छ । प्रतिकुल मौसमका कारण गाउँपालिकाको वडा नम्बर ८ को प्राङ्गणमा अवतरण गरिएका हेलिकप्टरका यात्रु सकुशल रहेको वडा अध्यक्ष राजेश राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार मनाङ एयरका २ वटा हेलिकप्टर अवतरण गरेको हो । मनाङ एयरको हेलिकप्टरमा चालक दलसहित १२ जना सवार रहेका छन् । आज दिउँसो ३ः३० बजेको समयमा अवतरण भएको हेलिकप्टर अहिले मौसम केही मात्रामा अनुकुल देखिएकाले लुक्ला जाने तयारी भइरहेको वडा कार्यालयले जानएको छ ।
Discussion about this post