असोज २९, सोलुखुम्बु । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । गाउँपालिकाले ५ वटा एम्बुलेन्स जुटाएसँगै गाउँपालिका भित्रका लक्षित वर्गलाई निःशुल्क सेवा दिने भएको हो । पालिकाले विभिन्न दातृ निकायसँग पहल गरी ५ वटा एम्बुलेन्स जुटाउन सफल भएको हो ।
पालिका भित्रका सुत्केरी, पुर्ण अपाङ्गता भएको व्यक्ति, जेष्ठ नागरिकलाई पालिकाले निःशुल्क सेवा दिने गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । खिजिदेम्बा गाउँपालिका यस वर्ष जिल्ला कै स्वास्थ्य सेवा दिनेमा पहिलो नम्बरमा परेको छ । पालिका भित्रका अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिकले खिजिदेम्बा बासी हुनुमा गर्व गर्न सक्ने गरी विकासको शुरुवात गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।
अध्यक्ष शेर्पाले दातृ निकायहरुसँग हात फैलाए रै पालिकामा ५ वटा एम्बुलेन्स जुटाउन सफल भएको र दिने दातृ निकाय प्रति आभार प्रकट गर्नुभएको छ । पालिकाले ५ वटा एम्बुलेन्सलाई विभिन्न स्थानहरुमा राख्दै आएको छ । पालिका भित्र ४५ देखि ५० मिनेटको दुरीमा एम्बुलेन्स राखी टोलटोलमा सेवा पुर्याउने पालिकाको लक्ष्य रहेको छ ।
पालिकाले भर्खरै एम्बुलेन्स सेवाबारे नयाँ कार्य विधि तयार गरेको छ । सुत्केरी, पुर्ण अपाङ्गता र जेष्ठ नागरिक बाहेक अन्य बिरामीले पनि सस्तो मुल्यमा सेवा पाउन सक्ने कार्यविधि तयार भएको पालिका अध्यक्ष शेर्पाले बताउनुभयो ।
Discussion about this post