असोज २९, सोलुखुम्बु । खोटाङको रावाबेसी गाउँपालिकामा सुमो दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ डुम्रेधारापानीबाट दिक्तेल हिँडेको यात्रुबाहक सुमो दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका हुन ।
८ जना यात्रु सवार सुमो गाउँपालिकाको वडा नम्बर १ कुभिण्डे हाँचेकामा ब्रेक फेल भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दशैँका लागी मान्यजनको टिका थाप्न आएका यात्रु लिएर दिक्तेल तर्फ हिँडेको स १ ज ५५८ नम्बरको सुमो पल्टदा रावाबेसी गाउँपालिका वडा नम्बर ४ की ९० वर्षीय वृद्ध पूर्णमाया तामाङ घाइते भएकी छन् ।
यस्तै सोही स्थानका ४० वर्षिय सुद्र बहादुर मगर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ लफ्याङ्गकी कविता मगराती, सोही नगरपालिकाको वडा नम्बर १० पाथेकाकी ३७ वर्षीय महिला राम कुमारी सार्की, पाथेकाकै ४० वर्षीय गीता सार्की र वडा नम्बर २ सोल्माका ६ वर्षिय बालक विद्या कट्वाल घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता मोहन पोखरेलले जानकारी दिनुभयो । घाइतेहरूको उद्धार गरि उपचारका लागी जिल्ला अस्पताल दिक्तेल लगिएकोमा हादल सम्म सबैको अवस्था सामान्य रहेको प्रवक्ता पोखरेलको भनाई छ ।
Discussion about this post