साेलुखुम्बु, बैशाख २७ । खोटाङमा सुरक्षागार्ड सम्बन्धी तालिम आयोजना हुने भएको छ । जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा आगामी जेठ २ गते देखी आधारभुत सुरक्षागार्ड विषयक १ सय ६० घण्टे तालिम आयोजना हुन लागेको जनाइएको छ । ब्रिटिस सेक्युरिटिज सर्भिस प्राइभेट लिमिटेडको सहकार्य, प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, व्यवसायिक सीप विकास तालिम केन्द्रको वित्तिय साझेदारीमा तालिम सञ्चालन हुने जनाइएको छ ।
सीप विकास तालिम केन्द्रले विभिन्न सम्बन्धी तालिम तथा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेकोमा विकराल बेरोजगारीको समस्या समाधानका लागी केन्द्रले दिक्तेलमा सुरक्षागार्ड सम्बन्धी तालिम आयोजनाका लागी वित्तिय लगानी गरेको केन्द्रले जनाएको छ । सुरक्षा गार्ड तालीम आयोजनाका लागी केन्द्रले ३ लाख १९ हजार रुपैयाँ बजेट विनियोजन गरेको व्यवसायिक सीप विकास तालिम केन्द्र ओखलढुङ्गाका प्रमुख भिषम राईले जानकारी दिनुभयो ।
४० जनाको सहभागिता हुने तालिमका लागी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सहजिकरण गर्ने छ । यसैबीच तालिम लिन चाहनेहरूले ३१ गते सम्म फारम भरिसक्नुपर्ने बताइएको छ । तालिम लिइसकेपछि स्वदेशमै सुरक्षागार्डको रोजगारी पाउने र वैदेशिक रोजगारीमा जाँदा पनि तालिमको मान्यता रहने भएकाले आधारभुत सुरक्षा गार्ड तालिम महत्वपूर्ण सावित हुने केन्द्रका प्रमुख राईले बताउनुभयो ।
Discussion about this post