कार्तिक ४, सोलुखुम्बु । नेपालमै पहिलोपटक चार हजार मिटर बढी उचाइमा भएको महिला ट्रेल रेसको उपाधि खोटाङकी निर्मला राईले जितेकी छिन् । विश्व समावेशी साहसी संस्था र सिन्धुपाल्चोकका १२ वटै पालिकाको सहकार्यमा भएको पाँच पोखरी विमन ट्रेल रेस–२०८१ झ को उपाधि राईले जितेकी हुन् ।
उपाधि जित्ने क्रममा राईले २८ किलोमिटरको दूरी २ घण्टा २८ मिनेटमा पूरा गरेकी हुन् । यस्तै, २ घण्टा ४९ मिनेटमा दौड पूरा गर्दै ओखलढुंगा घर भई नेपाल पुलिस क्लबमा कार्यरत लक्पा निग्मा शेर्पा दोस्रो भइन् भने हेलम्बुकी नितु तामाङले २ घण्टा ५८ मिनेटमा दौड पूरा गरेर तेस्रो स्थान हासिल हात पारिन् । पहिलो भएकी राईले ५० हजार, दोस्रो भएकी २५ र तेस्रो भएकी नितुले १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
दौडमा सहभागी ५४ वर्षीया सुकुमाया विकले मायाको चिनो स्वरुप नगद पुरस्कार प्राप्त गरेकी थिइन् । रेस जित्ने तथा सहभागी महिला धावकलाई उपसभामुख इन्दिरा रानाले कपसहित पुरस्कार तथा मायाको चिनो र प्रमाणपत्र वितरण गरेकी थिइन् । दौडमा ५१ जनाले भाग लिएका थिए । पाँचपोखरी गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले ४१ हजार मिटर उचाइमा महिला ट्रेल रेस गरिएको पहिलोपटक भएको बताइन् ।
विश्व समावेशी साहसी संस्थाकी अध्यक्ष माया गुरूङले आमाछोरीदेखि दिदीबहिनीसम्म दौडिएको बताइन् । पाँचपोखरी गाउँपालिका अध्यक्ष टासी लामाले सन् २०१७ मा गाउँपालिकालाई पर्यटनको हब बनाउन म्याराथन प्रारम्भ गरेको बताए । प्रतियोगितामा विभिन्न जिल्लाका ५१ जना सहभागी भएका थिए ।
Discussion about this post