कार्तिक ४, सोलुखुम्बु । पार्टी सभापति रवी लामिछाने पक्राउ परेपछि रास्वपा भित्र तरङ्ग आएको छ । सहकारी रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने पक्राउ परेपछि आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख देवी पाण्डे खत्रीलाई रास्वपाले ७ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको हो । जिल्ला समिति सोलुखुम्बुका सभापति नारायणकाजी कार्कीको नेतृत्वमा रास्वपाको झण्डा वाकेर नाराबाजी गर्दै जिल्ला प्रशासन आएर प्रजिअ खत्रीलाई ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्र बुझाउँदै रास्वपाले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्ने गरि पक्राउ गरिएको जनाएको छ ।
रास्वपा सोलुखुम्बुले ७ बुँदै माग राख्दै राज्य आतङ्क बन्द गर्दै सभापति लामिछानेलाई रिहा गरिनुपर्ने, वास्तविक सहकारी ठगीका धनराज गुरुङ, ऋषिकेश पोखरेललाई हदै सम्मको कारवाही गरिनु पर्ने, ८७ अर्ब बढी रकम अपचलन गर्ने लाई र मिटव्याजीलाइ कारवाहीको दायरामा ल्याउनुपर्ने साथै सहकारी सम्बन्धी गुनासा सुन्न जिल्ला प्रशासन कार्यालयमा हेल्प डेस्क स्थापना गर्नुपर्ने, बाँसबारी जग्गा प्रकरण, टीकापुर जग्गा प्रकरण लगायतका दोषीलाई कारवाही गरिनुपर्ने लगायतका माग राखेको छ ।
यस्तै भुटानी शरणार्थि काण्डको निष्पक्ष छानविन हुनुपर्ने, सत्तारुढ दल नेकपा एमालेले पार्टी कार्यालय स्थापनाका लागी व्यवसायी मिन बहादुर गुरुङसँग लिएको जग्गाको विषयमा छानविन हुनपर्ने, २०४६ पछि भएका सबैखाले अपराधको छानविनकालागी छुट्टै सेल खडा गर्नुपर्ने लगायतका माग राखेको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खत्रीले सरकार सम्म पार्टीका मागहरूलाई पु¥याउन प्रयत्न गर्ने बताउनुभएको छ ।
Discussion about this post