कार्तिक ५, साेलुखुम्बु । मौसममा सुधार आएसँगै तेन्जिङ हिलारी विमानस्थल लुक्लामा एकै दिन १३ सय पर्यटक भित्रिएका छन् । आज मन्थली र काठमाण्डौबाट तारा, समिट र सिता एयर गरि ३ वटा कम्पनीका ४७ वटा जहाजले उडान भरे भने विभिन्न कम्पनीका हेलिकप्टरले १ सय ३० वटा उडान भरेको विमानस्थल प्रमुख उमेश पन्थीले बताउनु भयो । आज बिहानै देखि मौसम खुलेपछि तारा एयरको १६ वटा, सिता एयरको १५ र समिट एयरको १६ गरि ४७ वटा प्लेनले उडान गरेका छन् भने हेलिकप्टरले १ सय ३० वटा उडान भरेका छन् । प्लेन मार्फत ५ सय ७५ विदेशी भित्रिएको र हेलिकप्टरबाट ५ सय ८० गरि जम्मा ११ सय ५५ पर्यटक भित्रिएको जिल्ला प्रहरी प्रमुख डीएसपी द्वारिका प्रसाद घिमिरेले बताउनु भयो । प्रतिकुल मौसमकै कारण लुक्लामा अड्किएका साँढे ५ सय पर्यटक पनि मन्थली फर्किएका छन् । यो सँगै खुम्बु क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
माप्यमा स्वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले लिए सेवा
बैशाख ६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले सेवा लिएका...
Discussion about this post