कार्तिक ८, सोलुखुम्बु । हवाई उडान खुलेसँगै खुम्बु क्षेत्रमा पर्यटकको चाप बढ्न थालेको छ । गत १ हप्ता सम्म मौसम खराब हुँदा सुख्खा बनेको नाम्चे क्षेत्रमा यतिखेर उडान खुलेसँगै पर्यटकको चाप बढेको हो ।
लुक्ला विमानस्थलमा उडान मार्फत आउने र पैदल लुक्ला पुग्ने पर्यटकहरू गरि अहिले दैनिक ५ सय पर्यटक खुम्बु पासाङ ल्हामु गाउँपालिका प्रवेश गर्ने गरेको बताइएको छ । दैनिक ५ सय भन्दा बढी पर्यटक खुम्बु प्रवेश गरेपछि नाम्चेबजारका झण्डै ८० प्रतिशत होटल अहिले व्यस्त रहेका छन् । नाम्चे होटल व्यवसायी सङ्घ नाम्चेका सल्लाहकार लामाकाजी शेर्पाका अनुसार दैनिक ५ सय पर्यटक नाम्चे भित्रिरहेका छन् भने यहाँका ८० प्रतिशत होटल अकुपाई छन् ।
नेपालमा घुम्न भनेर आउने शत प्रतिशत पर्यटक मध्ये ७० प्रतिशत पर्यटक नाम्चे आइपुग्ने गरेका छन् । यसरी हेर्दा विदेशीहरूको पर्यटकीय हिसाबले पहिलो रोजाइ नै सगरमाथा क्षेत्र पर्ने गरेका छन् । अधिकतम १५ दिनको भ्रमण अनुमति लिएर नेपाल झर्ने विदेशीहरु १० दिन सम्म खुम्बुमा रहने गरेका छन् भने बाकीँ कही दिन चितवन र अन्य क्षेत्र भ्रमण गरि स्वदेश फर्कने गरेको पर्यटन व्यवसायीहरू बताउँछन् । उनीहरूले सगरमाथा क्षेत्र मनपाराउने भएपनि भौगोलिक कठिनाइ र यातायातको व्यवस्थापन नहुँदा समस्या हुने गरेको पर्यटक बताउँछन् ।
Discussion about this post