कार्तिक ९, सोलुखुम्बु । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरूलाई सम्मान गर्नुभएको छ ।
असोज १२ को बाढीका कारण क्षतिग्रस्त बनेको सो पुल द्रुत गतिमा निर्माण गरि सवारी आवागमन सुचारु गराउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँले सम्मान गर्नुभएको हो । मंगलबार बिपी राजमार्ग अन्तर्गत सिन्धुली एवम् रामेछापको सडक अनुगमन गदैपुल निरीक्षणका लागि पुगेका मन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवाद व्यक्त गर्नुभएको छ ।
सडक विभागका महानिर्देशक रामहरी पोखरेल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लिलजन खनाल सहितको टोलीले सडक अनुगमन गरेको हो । बाढीले क्षतिग्रस्त बनाएको सो पुलबाट पुनर्निर्माणपश्चात भारबहन क्षमता परीक्षण गरि यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा ल्याइएको हो।
Discussion about this post