कार्तिक ९, सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान र अवतरण निषेध गरेको छ । सगमाथा राष्ट्रिय निकुञ्जले सूचना निकालेर स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा व्यवसायीक हेली उडान अवतरणमा रोक लगाएको हो ।
सोलुखुम्बुको खुम्बुपासाङ ल्हमु गाउपालिकामा रहेको निकुञ्जले हेलिकप्टरको आवतजावत बढ्दा ध्वनी प्रदुषण बढेको भन्दै उडान र अवतरण निषेध गरेको छ । निकुञ्जले कात्तिक ८ गते सूचना जारी गरेर अनावश्यक ध्वनी प्रदुषण भएको भन्दै हेलिकप्टरको उडान अवरण निषेध गरेको बताएको छ ।
‘त्यस क्षेत्रमा दैनिक ५० औँ स्थानमा हेलिकप्टर उडान तथा अवतरण भई रहेको हुँदा यसबाट निकुञ्ज क्षेत्रमा अनावश्यक ध्वनी प्रदूषण भइ बन्यजन्तुको आनीबानी तथा व्यहारामा समेत नकारात्मक असर तथा प्रवाहरु पर्नै देखिएकाले निकुञ्ज क्षेत्रमा उडान अवरत नगर्न अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।
उक्त निर्णयलाई गाउँपालिकाले पनि स्वागत योग्य रहेको बताएको छ । उक्त निर्णयलाई कार्यन्वयन गर्न स्थानीय सरकारको पूर्ण साथ सहयोग गर्न तयार रहेको बताइएको छ ।
Discussion about this post