कार्तिक ९, सोलुखुम्बु । वर्षातका कारण झरेको साल्मे पहिरोमा रहेको ढुङ्गा हटाइने भएको छ । सडक डिभिजन कार्यालय हर्कपुरले शुक्रबार सल्लेरी ओखलढुङ्गा सडकखण्डको ढुङ्गा हटाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सडक छेउमा रहेको भिमकाय ढुङ्गाले सडक यातायातमा जोखिम रहेकाले ढुङ्गा हटाउने तयारी भइरहेको सडक डिभिजन हर्कपुरलाइ उदृत गर्दे कार्यालयले जनाएको हो । ढुङ्गा हटाउने समय दिउँसो ११ बजेदेखि २ बजेसम्म उक्त क्षेत्रमा यातायातका साधन चलाउन पनि रोक लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
Discussion about this post