कार्तिक १२, सोलुखुम्बु । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकालाई २ वटा एम्बुलेन्स प्राप्त भएको छ । सोमबार गाउँपालिका अध्यक्ष गम्बु शेर्पालाई उम होङ गील ह्युमन फाउण्डेसनको सहकार्यमा योङसेइ साराङ अस्पताल कोरीयाले २ वटा एम्बुलेन्स औपचारिक रुपमा हस्तान्तरण गरेको हो ।
केही महिना अघिनै एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका होङ गिलले सोमबार औपचारिक रुपमा हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । एम्बुलेन्स औपचारिक रूपका हस्तान्तरण गरिएको छ । काठमाण्डौमा एक कार्यक्रमका बीच एम्बुलेन्स बुझदै अध्यक्ष शेर्पाले दाताहरूलाई धन्यवाद दिनुभएको छ ।
एभरेष्ट भिल्लामा भएको कार्यक्रममा उहाँले दाताहरूलाई सांस्कृतिक कार्यक्रम सहित धन्यवाद ज्ञापन गरिएको जानकारी दिनुभयो । एम्बुलेन्स प्राप्त भएपछि अव गाउँपालिकाका नागरिकले उपचार अभावमा छट्पटीनुपर्ने दिनको अन्त्य भएको उल्लेख गर्नुभएको छ । प्राप्त एम्बुलेन्सलाई दीर्घकालीन रुपमा सञ्चालन गरि प्रभावकारी सेवा प्रवाहका लागी गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने उहाँको भनाई छ ।
Discussion about this post