वैशाख २९ , साेलुखुम्बु । आम निर्वाचन पछि पहिलो पटक काँग्रेस सोलुका शिर्ष नेताहरु एउटै कार्यक्रममा सामेल भएका छन् । निर्वाचन पछि एक अर्कामा आरोप प्रत्यारोपमा उत्रिएका सोलु काँग्रेसका नेताहरु पहिलो पटक पार्टीकै कार्यक्रममा एक ठाउँमा उपस्थित भएका हुन् ।
नेपाली काँग्रेस प्रदेश सभा क क्षेत्रीय समितिको समन्वय तथा महाकुलुङ गाउँपालिका समितिको आयोजनामा बुङ बजारमा भएको अन्तरक्रिया कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य बलबहादुर केसी र केन्द्रिय सदस्य आङगेलु शेर्पा एउटै कार्यक्रममा सामेल भएका हुन् । पार्टीको आन्तरिक संगठन सुदृढिकरणको लागि आयोजित कार्यक्रमलाई दुवै नेताले संबोधन गरेका हुन् । पार्टीको बैठकमा समेत एक ठाउँ बस्न नसकेका दुई नेताहरुले बुङमा भएको कार्यक्रममा भने पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन् । काँग्रेस नेताहरु केसी र शेर्पा दुवैले पार्टी एकतामा नै जोड दिएका छन् । त्यस्तै काँग्रेस नेता प्रकास सिंह कार्कीले पार्टी चलायमान बनाउन जिल्ला नेतृत्व र जिल्ला समितिले भुमिका खेल्नु पर्ने बताउनु भयो ।
पालिका सभापति बलकुमार कुलुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पा, पुर्व सभापति विनोद बस्नेत, प्रदेश सभा क्षेत्रीय सभापति धनजन राई, जिल्ला सचिव भलाकाजी कुलुङ महाधिवेशन प्रतिनिधि नविन थापा लगायतले विचार ब्यक्त गर्नु भएको थियो ।
बैशाख ९ गते थामेमा आरोही सम्मेलन हुने
बैशाख ५, सोलुखुम्बु । सोलुखुम्बुको थामेमा यही वैशाख ९ गते आरोही सम्मेलन (समिर्टस् समिट) हुने भएको छ । ‘जलवायु न्यायका...
Discussion about this post