कार्तिक १३, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा जारी खेलकुद प्रतियोगिता अन्तर्गत वडा स्तरिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी दिपक राई र बिरूमान राईले जितेका छन् ।
खेलकुद विकास समिति ऐसेलुखर्कद्धारा आयोजित डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी माक्पाका राईद्धयले जितेका हुन् । खेलकुद विकास समिति ऐसेलुखर्कका अध्यक्ष रजिन राईका अनुसार द्धितियमा जलेश्वरिका निर कुमार पुरी र प्रविन मुग्राति तथा तृतियमा माक्पाका सन्तोष राई र भुमि नन्द राईले जितेका हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगिहरुले क्रमश : १० हजार, ७ हजार र ४ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ७ माक्पा, लुम्दुमा रहेको ब्याडमिन्टन कबर्ड हलमा आयोजित प्रतियोगितामा २४ टिमले सहभागिता जनाएका थिए । ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भए पनि अन्य खेल बुधबार फाइनल हुने आयोजकले जनाएको छ ।
Discussion about this post