कार्तिक २१, सोलुखुम्बु । जुभिङ युथ सर्कलका केन्द्रिय अध्यक्ष सोना शेपाले बरुत्से हिमालको सफल आरोहण गर्नुभएको छ । शेर्पाले यही कार्तिक १८ गते बिहान ७ : ३० बजेको समयमा सफल आरोहण गर्नुभएको हो ।
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका १ बुम्बुरिमा जन्मनु भएका शेर्पाले यस अघि विश्वको सर्वाेच्च शिखर सगरमाथा दुई पटक आरोहण गरिसक्नु भएको जुभिङ युथ सर्कल सचिब लोक बहादुर घतानीले जानकारी दिनुभयो । शेर्पाको बरुत्से हिमाल आरोहन पहिलो पटक हो । पहिले उहाँले २०१९ मा आरोहण गर्नुभएको थियो ।
Discussion about this post