कार्तिक २१, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुमा नवनिर्मत फाल्ले वास वृद्धाश्रम भवन उद्घाटन गरिएको छ । बुधबार एक समारोहका बिच कोशी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले भवनको उद्घाटन गर्नुभएको हो ।
वडाध्यक्ष छोङ्बा शेर्पाको विशेष पहल तथा तारा फाउन्डेसन (अमेरिका) को आर्थिक सहयोग र स्थानीयहरूको सहभागितामा वृद्धाश्रम निमार्ण गरिएको जनाईएको छ ।
एक करोडको लागतमा निर्माण गरिएको भवन फल्ले वास विकास समिति फुलेलीले अघि सारेको थियो । फल्ले वास विकास समितिको अवधारणा अनुसार २९ रोपनी जग्गा खरिद गरेर बहुउद्देश्यीय, पृथक किसिमको (वृद्धाश्रम) निर्माण गरिएको छ । आरामदायी जीवन बिताउन र बृद्धबृद्धालाई सहज र सुबिधाको लागि भवन निर्माण गरिएको हो ।
Discussion about this post