कार्तिक २३, साेलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले तोरी उत्पादन बढाउन कृषकलाई बिउ वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा ५ वटै वडाका किसानलाई करिव २ सय ५० केजी तोरीको बिउ वितरण गरेको हो । तोरी खेतीको पर्याप्त सम्भावना रहेको पालीकामा किसानलाई आर्थिक उपार्जनको बाटो होस भनेर गाउँपालिकाले अनुदानमा तोरीको बिउ वितरण गरेको जनाइएको छ ।
५ वटा वडा रहेको नेचासल्यान गाउँपालिकामा तोरी उत्पादनको पर्याप्त सम्भावना रहेकोले गाउँपालिकाले अनुदानमा गत वष देखिनै बिउ वितरण गर्दै आएको थियो । गत वर्ष ५ वटै वडामा जम्मा ८० केजी मात्रै तोरीको बिउ अनुदानमा वितरण गरेको गाउँपालिकाले यस वर्ष बढाएर २ सय ५० केजी पु¥याएको हो । अनुदानमा जम्मा २ सय ५० केजी बिउ अनुदानमा वितरण गरिएपनि किसान सँग भएकाे विउ सहित यस वर्ष ७ सय देखी ८ सय केजी बिउ तोरी गाउँपालिकामा रोपिने आँकलन पालिकाले गरेको छ ।
गाउँपालिकाले यस वर्ष गाउँपालिकाको वडा नम्बर १ मा २८ केजी, वडा नम्बर २ मा सय केजी, वडा नम्बर ३ मा ४५ केजी, वडा नम्बर ४ मा १८ केजी र वडा नम्बर ५ मा ५३ केजी बिउ वितरण गरेको छ । पालिकाबासीलाई तोरी खेतीमा अग्रसर गराउँदै खाने तेलमा आत्मनिर्भर बनाउने योजना अनुसार अहिले तोरी खेती प्रबर्द्वन कार्यक्रम अघि सारिएको गाउँपालिका उपाध्यक्ष विना राईले बताउनुभयो । पालिकामा उत्पादित ताेरीलाइ स्थानीय बजारमै खपत गर्नका लागी २ वटा तोरि पेल्ने मिल पनि चालू आर्थिक वर्षमा व्यवस्थापन गरि अावश्यकताके अाधारमा थप गर्दै जाने योजनामा पालिका अगाढी बढेकाे गाउँपालिका अध्यक्ष धनजन राइकाे भनाइ छ ।
Discussion about this post