कार्तिक २४, सोलुखुम्बु । आज देशका केही ठाउँमा छिटपुट पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ ।
कोशी प्रदेशलगायत देशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । बिहान कोशीका एक÷दुई ठाउँमा छिटपुट पानी परेको छ । यस्तै आज दिउँसो कोशीसहित गण्डकी, कर्णाली र सुदुरपश्चिंम प्रदेशका पहाडी एक÷दुई ठाउँमा मेघगर्जन÷चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी र गण्डकी प्रदेशका पहाडी एक÷दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना छ ।
Discussion about this post