कार्तिक २४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङमा आँखा शिविरको पहिलो दिन ९८ जनाले सेवा लिएका छन् ।
सेभेन समिट फाउण्डेशन र वडा कार्यालयको सयुक्त आयोजनामा सुरु भएको शिविरको पहिलो दिन ९८ जनाले सेवा लिएका हुन् । उक्त शिविरमा १५ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको सोलुदुधकुण्ड नगरपालिकाका वडा नम्बर १० का वडाध्यक्ष होम बहादुर मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरमा काठमाण्डौबाट आएको १० जना विशेषज्ञको टालीले आँखाको परिक्षण गरिरहेका छन् । आफ्नै टोल तथा छरछिमेकमा हुने यस्ता शिविरले विशेषज्ञ सेवा लिन सहरबजार धाउनुपर्ने अवस्थाको अन्त्य हुने वोङ्छु शेर्पा मेमोरियल अस्पतालका प्रमुख डाक्टर ग्याल्छेन गुरुङले बताउनुभयो ।
Discussion about this post