कार्तिक २४, सोलुखुम्बु । जुनतारा युवा क्लव नेचासल्यानको १५ औँ साधारण सभाबाट भिम भट्टराई अध्यक्ष चुनिनुभएको छ । आज सम्पन्न साधारण सभाबाट १५ औँ साधारणसभाबाट भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । साधारणसभाले उपाध्यक्षमा रोशन कटेललाई चयन गरेको छ । यस्तै सचिवमा ठगेन्द्र बाँस्तोला, सहसचिवमा दिल परियार, कोषाध्यक्षमा शर्मिला घिमिरे बाँस्तोला र कोषाध्यक्षमा पवन बाँस्तोलालाई चयन गरेको छ । सदस्यहरूमा अमित बाँस्तोला, सुजन कटेल, सन्दिप खनाल, बिदुर कटेल, समिता कटेल (बाँस्तोला) चयन भएको जनाइएको छ ।
Discussion about this post