कार्तिक २५, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले विभिन्न स्थानमा खुल्ला भेला आयोजना गर्ने भएको छ । यही कार्तिक २७ गते देखि जिल्लाका विभिन्न स्थानमा खुल्ला भेला आयोजना गर्न लागिएको जिल्ला सभापति नारायण काजी कार्कीले बताउनुभयो ।
उहाँका अनुसार २७ गते जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको नेले बजारमा, २९ गते महाकुलुङ गाउँपालिकाको छेस्काम बजारमा र ३० गते सोताङ गाउँपालिकाको शिवटार बजारमा भेला आयोजना गरिने भएको छ ।
यस्तै मंसिर ३ गते खुम्बु पासाङ ल्हामु गाउँपालिकाको खरिखोला बजारमा, ६ गते नेचासल्यान गाउँपालिकाको बिहिवारे बजारमा र ८ गते सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजारमा खुल्ला भेला आयोजना गर्ने आयोजकले जनाएको छ ।
उक्त भेलामा संगठन विस्तार तथा सदस्यता वितरण तथा स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समसामयिक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा खुल्ला मन्तव्य राखिने भएको छ ।
Discussion about this post