कार्तिक २५, सोलुखुम्बु ।ओखलढुगांको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ६ स्थित लट्टेबारीमा अवरुद्ध खानेपानी सुचारु भएको छ । चार महिना अघि स्थानीय गढी ठाउँबाट ल्याइएको खानेपानी बाढी पहिरोले पाईप भाचिएपछि अबरुद्ध बनेको खानेपानी सुचारु गरिएको हो । वि.स २०१२ सालमा कादुरी संस्था मार्फत निर्माण गरिएको खानेपानी गत साउन महिनाबाट अवरुद्ध हुदाँ १३ घरधुरिका नागरिक खोला खाल्सीको पानी पिउन बाध्य बनेका थिए ।
खानेपानी अबरुद्ध हुँदा गाउँमा खानेपानीको हाहाकार भएको भन्दै शनिबार लट्टेबारी टोल बिकास समितिले मर्मत तथा सम्हार गरी टोलबासीलाई खानेपानीको पहुचँमा पर्याएको उक्त समितिका अध्यक्ष गोबिन्द कुमार खत्रीले बताउनुभयो । टोलको विकासका लागि यो समितिले सक्रियताका साथ श्रमदान मार्फत काम गर्दै आएको अध्यक्ष खत्रीको भनाई छ ।
Discussion about this post