कार्तिक २५, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ५ मा करेन्ट लाग्दा एक लेखापालगम्भिर घाईते भएका छन् । दिउँसो करिब ४ बजेको समयमा खालिङ गाउँमा बत्तीको तार ब्याबस्थापन गर्ने क्रममा हिमाल दर्शन माध्यमिक विद्यालयका लेखापाल देश बहादुर थापा मगर गम्भिर घाईते भएका हुन् ।
उनको करेन्ट लागि लड्दा टाउकोमा चोट लागेको नेचासल्यान गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजन राईले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयहरुद्धारा एम्बुलेन्स मार्फत उपचारका लागि प्राथमिक स्थाय चौकी नेचासल्यान लगिएको छ ।
Discussion about this post