कार्तिक २५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङमा आयोजित दुई दिने नि : शुल्क आँखा शिविरबाट १ डेढ सय बढी सेवाग्राही लाभान्वित भएका छन् ।
सेभेन समिट फाउण्डेशन र वडा कार्यालयको सयुक्त आयोजनामा सञ्चालन गरिएको दुई दिने शिविरबाट १ सय ८७ जना सेवाग्राही लाभान्वित भएका हुन् । उक्त शिविरमा २४ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको सोलुदुधकुण्ड नगरपालिकाका वडा नम्बर १० का वडाध्यक्ष होम बहादुर मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरमा काठमाण्डौबाट आएको १० जना विशेषज्ञको टालीले आँखाको परिक्षण गरिरहेका छन् । आफ्नै टोल तथा छरछिमेकमा हुने यस्ता शिविरले विशेषज्ञ सेवा लिन सहरबजार धाउनुपर्ने अवस्थाको अन्त्य भएको वोङ्छु शेर्पा मेमोरियल अस्पतालका प्रमुख डाक्टर ग्याल्छेन गुरुङले बताउनुभयो ।
Discussion about this post