कार्तिक २८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा फोहोर व्यवस्थापनका लागी ५० हजार अमेरिकी डलर प्राप्त गरेको छ । नगरपालिकालाई सफा र सुन्दर नगर निर्माणका लागी दातृ निकाय सोलु चामबाट ५० हजार अमेरिकी डलर अर्थात नेपाली ६५ लाख रुपैयाँ प्राप्त गरेको हो ।
सोलु च्यामले नगरपालिकामा फोहोरमैला व्यवस्थापनका लागी कम्प्रेसर मेसिन खरिदका लागी ३६ हजार अमेरीकि डलर,नगरपालिकाका विद्यालयमा फोहोर मैला व्यवस्थापन तथा वाताबरण संरक्षण सम्बन्धी शिक्षा र जनचेता अभिबृद्धिका लागी ८ हजार डलर खर्च गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको नगरपालिकाका प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो । यस्तै बाकीँ १६ हजार डलर रकम फलफुलका विरुवा खरिद गरि बृक्षरोपण गरिने उहाँको भनाई छ ।
आज नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा र सोलु चामका अध्यक्ष पिट्रे हौउइ बीच नगरपालिकामा फलफूलका बिरुवा वृक्षारोपण र फोहोरमैला व्यवस्थापनका लागी कार्यक्रम सञ्चालन गर्ने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको हो । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालले भोगिरहेकोमा सोलु चामले यस्तो कार्यक्रमको सुरुवात गरेको जनाइएको छ ।
Discussion about this post