कार्तिक ३०, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाद्वारा सन्चालित सर एड्मण्ड हिलारी स्मृति संग्रहालय तथा वृद्ध हेरचाह केन्द्र बुङलाई २ लाख ६२ हजार बराबरको जिन्सी सामान प्राप्त भएको छ ।
शुक्रबार गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङ, १ वडा अध्यक्ष पर्खी धन राई, लेखा प्रमुख धुर्बधन कुलुङ, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद आचार्य लगायत कार्यपालिका सदस्यहरुको उपस्थितिमा द पार्ट्नर्स नेपालका कोषाध्यक्ष भलाकाजी कुलुङले सामान हस्तान्तरण गर्नुभएको हो ।
यस्तै वृद्ध हेरचाह केन्द्रलाई वासिङ मेसिन, भुइमा बिछ्याउने कार्पेट, पानी फिल्टर गर्ने मेसिन, सरफ लगायतका सामाग्री समेत वितरण गरिएको संवाददाता उदव कुलुुङले जानकारी दिनुभयो । द पार्ट्नर्स नेपालले यस हेरचाह केन्द्रलाई स्थापना कालदेखी नै निरन्तर सहयोग गर्दै आइरहेको छ ।
Discussion about this post