कार्तिक ३०, सोलुखुम्बु । वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल उदयपुर र साझेदारी संस्था जाल्पा एकीकृत बिकास समाज र मानवाधिकार तथा वातावरण बिकास केन्द्र ( हुरेन्डेक) उदयपुरको आयोजनामा स्थानिय तह परियोजना सल्लाहकार समितिको बैठक ताप्ली गाउँपालिकामा सम्पन्न भएको छ ।
पूर्वाधार निर्माणका योजनादेखि सामाजिक कार्यमा बहस पैरवी गरि सक्रिय भूमिका खेल्दै आएको हुरेन्डेक–नेपालको उद्यपुरको स्थानीय तहस्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको हो । ताप्ली गाउँपालिकामा बिगत लामो समयदेखी पोषण तथा उत्थानशिल जिविकोपार्जन, एकीकृत बालसंरक्षण र बाल प्रयोजन जस्ता कार्यक्रम मार्फत ताप्लिको विभिन्न वडाहरुमा बालबालिका, महिला, कृषक, बिद्यालयहरुमा काम गरिरहेको छ ।
वर्ल्ड भिजनको सहयोगमा सन् २०२५ मा जाल्पा एकीकृत बिकास समाजले ४५ लाख ४५ हजार रुपैयाँ र हुरेण्डेक उदयपुरले ८२ लाख ६२ हजार ३ सय २७ बराबरको कार्ययोजना सहित कार्यक्रम गर्ने भएको हो । कार्यक्रम अन्तर्गत वल्र्ड भिजन र जाल्पा एकीकृत बिकास र हुरेण्डेकले शैक्षिक सुधारका कार्यक्रम गर्न समन्वय र साझेदारिमा गुणस्तरिय शैक्षिक कृयाकलापको लागि सहयोग गर्ने,पोषण तथा जिविकोपार्जन बालसंरक्षण जस्ता कार्यमा सहयोग गर्ने जस्ता प्रतिवद्दता व्यक्त गरेका छन ।
कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल उदयपुरको संयोजक आनन्द खड्का, हुरुण्डेकका अध्यक्ष शन्कर बहादुर थापा, जाल्पा एकीकृत बिकास समाजका अध्यक्ष पुष्पराज पोखरेल लगायत फिल्डमा कार्यरत सम्पुर्ण कर्मचारी र ताप्ली गाउँपालिकाको बिषयगत शाखाका शाखा प्रमुखहरुको उपस्थित रहेको थियो ।
Discussion about this post