कार्तिक ३०, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले जिल्लाको तिन स्थानीय तहमा खुल्ला भेला सम्पन्न गरेको छ । यहीँ कार्तिक २७ गतेबाट सुरु गरिएको खुल्ला भेला हाल सम्म थुलुङ दुधकोशी गाउँपालिकाको नेले बजारमा, महाकुलुङ गाउँपालिकाको छेस्काम बजारमा र सोताङ गाउँपालिकाको शिवटार बजारमा सम्पन्न भएको जनाइएकोे छ ।
उक्त भेलामा संगठन विस्तार तथा सदस्यता वितरण तथा स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समसामयिक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा खुल्ला मन्तव्य राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुका सभापति नारायण काजी कार्कीले बताउनुभयो ।
उहाँका अनुसार मंसिर ३ गते खुम्बु पासाङ ल्हामु गाउँपालिकाको खरिखोला बजारमा, ६ गते नेचासल्यान गाउँपालिकाको बिहिवारे बजारमा र ८ गते सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजारमा खुल्ला भेला गरिने जनाइएको छ ।
Discussion about this post