कार्तिक ३०, सोलुखुम्बु । खोटाङको खोटेहाङ गाउँपालिको एक वडाका वडा अध्यक्षले राज्यबाट पाउने सेवा सुविधा कमजोर आयस्तर भएका गरिब असाहयहरुको लागी खर्च गर्ने घोषणा गर्नुभएको छ ।
गत २०७९ सालको निर्वाचनमा गाउँपालिकाको वडा नम्बर ३ सावाकटहरेको अध्यक्षका रुपमा निर्वाचीत जेफर राईले राज्यबाट वडा अध्यक्षलाई प्राप्त हुने सेवा सुविधा आफ्नो लागी नलिने घोषणा गर्नुभएको हो । उहाँले राज्यबाट वडा अध्यक्षको लागी प्राप्त हुने मासिक, तलब भत्ता, यातायात खर्च लगायत नलिने निर्णय लिएको सामाजिक सञ्जालबाट जानकारी गराउनुभएको हो ।
निर्वाचित भएपछि आधा कार्यकाल सम्म लिएपनि अबको आधा कार्यकालमा आफ्नो सेवा सुविधा नलिइ उक्त रकम विपन्न, असाहय, अशक्तको सहयोगमा खर्च गर्ने घोषणा गर्नुभएको सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।
राई २०७९ सालको स्थानीय तह निर्वाचनमा खोटेहाङ गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षको रुपमा निर्वाचित हुनुभएको थियो । युवा जनप्रतिनिधिको रुपमा जिल्लामै परिचित राईले गरेको निर्णयलाई गाउँपालिकाले पनि स्वागत योग्य भनेको छ ।
Discussion about this post