मंसिर २, सोलुखुम्बु । आज दिनभर देशभरको मौसम सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकीका एकदुई स्थानमा हल्का बर्षा बाहेक अन्य स्थानको मौसम सफा रहने छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक– दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको हो । यसतै आज राती पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
Discussion about this post