मंसिर २, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका बासाखालीमा आयोजित स्वास्थ्य शिविरको पहिलो दिन पाचँ सय जनाले सेवा लिएका छन् ।
रीहेल्प फाउन्डेसन र शान्ति सेवा गृहको समन्वयमा आयोजित दुई दिने शिविरको पहिलो दिन ५ सय जनाले सेवा लिएका हुन् । स्वास्थ्य शिविरमा थेरापी, कान, दाँत, आँखा लगायत विभिन्न स्वास्थ्य परीक्षण गरिएको शिविरका कोडिनेटर पञ्चे राईले जानकारी दिनुभयो ।
भौगोलिक विकटताको कारण स्वास्थ्य उपचारमा जान नपाएका, आर्थिक अवस्था कमजोरी भएका पालिकाका स्थानियलाई प्रत्यक्ष रुपमा स्वास्थ्य उपचार गराउने उद्धेश्यले २ दिने शिविर संचालन गरिएको जनाईएको छ ।
निः शुल्क स्वास्थ्य शिविरमा बिरामीहरुलाई आवश्यक औषधि निशूल्क वितरण गरिनुका साथै स्वस्थ्य जिवनयापनका लागि परामर्श समेत प्रदान गरिएको छ । जर्मनी, इटाली र नेपाली विशेषज्ञहरुको टोलीले स्वास्थ्य परीक्षण गरिरहेका छन् । शिविर भोली सोमबार सम्म जारी रहने भएको छ ।
Discussion about this post