मंसिर ४, सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुको सय दिने अभियान मंसिर २५ गतेबाट सुरु हुने भएको छ । सोमबार नेपाली काँग्रेस जिल्ला कार्य समितिको बैठकले काँग्रेसको सय दिने अभियानलाई सबै पालिकामा पुर्याउने निर्णय गरेसँगै २५ गतेबाट सुरु हुने भएको हो ।
पार्टी सभापति नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि अमृत कुमार अर्याल को प्रमुख आतिथ्यतामा बसेको कार्य समिति बैठकले सबै पालिकामा जिल्ला स्तरीय प्रतिनिधि खटाउने निर्णय गरेको हो । यस्तै खुम्बु क्षेत्रमा अझै पर्यटकीय सिजन नसकिएको, जिल्लाको तल्लो भेगमा खेतीपाती भित्र्याउने चटारो रहेको र उपनिर्वाचन पनि नजिकै रहेकाले सय दिने अभियानलाई पछाडी सारिएको सभापति शेर्पाले जानकारी दिनुभयो ।
उहाँले कोशी प्रदेश स्तरीय पार्टीको सम्मेलन मंसिर २२ गतेसम्म रहेकाले २५ गतेबाट जिल्लाको अभियान चलाइने जानकारी दिनुभयो । साथै बैठकले पूर्व सभामुख दमननाथ ढुंगानको निधनका सन्दर्भमा शोक प्रस्ताव पनि पारित गरेको छ ।
Discussion about this post