मंसिर ४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ६ नम्बर वडा कार्यालय सम्मको सडक ढलान सुरु गरिएको छ । सघन शहरी तथा भवन डिभिजन कार्यालय ओखलढुगांबाट ठेक्का भई सडक निर्माण कार्य सुरु गरिएको हो ।
वडा कार्यालयले मंगलबार सूचना जारी गर्दै सडक ढलान गर्न करिब ३ महिना लाग्ने भएकाले वडा कार्यालयको अर्काे सूचना नआए सम्मका लागि आवतजावतमा रोक लगाईएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
कच्चि सडकलाई थप व्यवस्थित बनाउनका लागि केही समय अगाडी गरेको प्रतिबद्धता समेत पुरा गरिएको वडा अध्यक्ष शेर्पाको भनाई छ । सवारी चालकहरुलाई वैकल्पिक रुपमा सिद्धिचरण राजमार्गको बाटो प्रयोग गर्न वडा कार्यालयले आग्रह समेत गरेको छ ।
Discussion about this post