मंसिर ५, सोलखुुम्बु । काठमाण्डौको बूढानीलकण्ठबाट ओखलढुङ्गा र खोटाङका गरी २१ जना जुवाडे पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ लसुनडाँडाको सार्वजनिक ठाउँमा सम्पत्तिको हार/जीत हुने गरी ओखरको माध्यमबाट जुवा खेलिरहेका २१ जनालाई पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा खोटाङ बाक्सिला–२ घर भई काठमाडौँ बुढानिलकण्ठ–११ बस्ने ४० वर्षीय मनिराज अधिकारी, ओखलढुङ्गा सुनकोशी गाउँपालिका–३ बस्ने ७८ वर्षीय नृपलाल बराल, सिन्धुपाल्चोक ईन्द्रावती–५ घर भई हाल गोकर्णेश्वर बस्ने ५० वर्षीया कुमारी तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध–४ का २८ वर्षीय अनुषा लामा छन्। साथै बुढानिलकण्ठ–११ का ३५ वर्षीय सन्तोष गुरुङ, सोही ठाउँका ३१ वर्षीय उज्वल तामाङ, काभ्रेपलाञ्चोक खानिखोला–४ बस्ने ३६ वर्षीय चेतकुमार थोकर, सिन्धुपाल्चोक हेलम्बु–३ का ५० वर्षीय ईन्द्रबहादुर गिरी रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी काभ्रेपलाञ्चोक पनौती–१२ का ४० वर्षीय शेर्पा लामा, नुवाकोट तादी–४ घर भई तारकेश्वर नगरपालिका बस्ने २६ वर्षीय सुवास आचार्य रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
यसैगरी सिन्धुपाल्चोक ईन्द्रावती–६ घर ३६ वर्षीय रमेश तामाङ, बुढानिलकण्ठ–११ का २५ वर्षीय अनन्त खड्का, सोही ठाउँका ३७ वर्षीय नन्दन थापा, ६८ वर्षीय चन्द्र धिताल, ६५ वर्षीय भोजबहादुर थापा, ओखलढुङा खिजिदेम्बा–५ का ४३ वर्षीय लालकाजी बिक, सिन्धुपाल्चोक मेलम्ची–४ का ४३ वर्षीय प्रदीप तामाङ, दोलखा शैलुङ–८ का ३५ वर्षीय रोशन तामाङ, प्युठान मल्लरानी–५ का ३८ वर्षीय वीरबहादुर पुन, बुढानिलकण्ठ–११ लसुनडाँडा बस्ने ३० वर्षीय रन्जित थापा मगर तथा बुढानिलकण्ठ–११ कपन बस्ने २० वर्षीय प्रशान्त लामा रहेका छन् । प्रहरीले उनीहरूको साथबाट पाँच लाख ६२ हजार तीन सय ५० रुपैयाँ र ओखर १३ थान बरामद गरेको छ ।
Discussion about this post