मंसिर ५, सोलुखुम्बु । वैदेशिक रोजगारीमा न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गर्ने ओखलढुङ्गाका दाहाल पक्राउ परेकी छिन् । सिद्धीचरण नगरपालिका वडा नम्बर ४ घर भई भक्तपुरको मध्यपुर ठिमी बस्ने २४ वर्षीया नवीना दाहाल पक्राउ परेकी हुन् । दाहालले आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्यान्ड पठाइदिने भन्दै एक जनाबाट एक लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएकी थिइन् ।
उनलाई काठमाण्डौको सिनामङ्गलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।
Discussion about this post