मंसिर ५, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित बुधबारे बजार अनुगमन गरिएको छ । नेचासल्यान गाउँपालिका, उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालय सहितको सयुक्त आयोजनामा बुधबार सल्यान क्षेत्रमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा २२ हजार बराबरको कस्मेटिकका सामाग्री जफत गरिएको गाउँपालिका उपाध्यक्ष विना राईले जानकारी दिनुभयो । बजार अनुगमन गर्दै उपाध्यक्ष राईले अखाद्य वस्तु बिक्री नगर्न र नगराउन निर्देशन दिनुभएको छ ।
चाडपर्व लक्षीत मात्र नभई नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै बजार अनुगमनलाई तिब्र बनाउने बताउनुभयो । यस्तै उपभोक्तालाई स्वास्थ्यप्रति सचेत रहदै म्याद हेरेर मात्र सामग्री खरिद गर्न आग्रह समेत गर्नुभएको छ ।
Discussion about this post