मंसिर ५, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले राष्ट्रिय परिचय पत्रको लागि बाहिर पैसा तिरेर फारम नभर्न आग्रह गरिएको छ । प्रशासनले एक सूचना जारी गर्दै बुधबारबाट कार्यालयबाटै नि : शुल्क अनलाईन फारम भरिदिन थालेकाले पैसा तिरेर फारम नर्भन आग्रह गरिएको हो ।
नागरिकको वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र वितरण कार्य गर्दै आएको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताउनुभयो ।
आफूखुशी रकम असुल्ने कुनैपनि व्यक्ति तथा संस्थालाई कानुन बमोजिम कारबाही गरिने उहाँको भनाई छ । १६ वर्ष उमेर पुरा भई नेपाली नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सक्छन् ।
Discussion about this post