मंसिर ६, सोलुखुम्बु । अखिल क्रान्तिकारी सोलुखुम्बुले थुलुङ दुधकोशी गाउँपालिकाका दुई वटा विद्यालयमा ईकाई कमिटी पुनर्गठन गरेको छ । बिहिवार गाउँपालिकाको वडा नम्बर ७ र ८ का दुई वटा विद्यालयमा ईकाई कमिटी पुनर्गठन गरेको हो ।
अनेरास्ववियु क्रान्तिकारी सोलुखुम्बुका अध्यक्ष सोनाम शेर्पाका अनुसार दुधकौशिका माध्यमिक विद्यालयमा चादनी राईको अध्यक्षतामा ३९ सदस्यीय र देउसा माध्यमिक विद्यालयमा बिनुकला राईको अध्यक्षतामा ६७ सदस्यी इकाई कमिटी पुनर्गठन गरिएको हो ।
केही समय अगाडी पालिका भित्रका विद्यालयमा ईकाई कमिटी गठन गरिएको तर विद्यार्थीहरु अध्ययनको शिलशिलामा राजधानी केन्द्रित भएकाले पुनर्गठन गरिएको जनाइएको छ ।
यस्तै अखिल क्रान्तिकारी सोलुखुम्बुका अध्यक्ष शेर्पाले आफुले जिल्ला अध्यक्षको नेतृत्व गर्दै गर्दा जिल्लामा विद्यार्थीहरुको हक, हित र अधिकार सुनिश्चित गर्नका साथै सिगों जिल्लाको शैक्षिक क्षेत्रमा भएका विकृती विसगंतीको अन्त्यका लागि काम गरिरहेको बताउनुभयो ।
Discussion about this post