मंसिर ८, सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुखुम्बुले जिल्लामा पार्टी सुदृढीकरणका लागि बिशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुको शुक्रबार सम्पन्न बैठकले बिशेष अभियानका रूपमा ८ वटै स्थानीय तहहरुमा बैठक गरी सम्मेलनको तयारी गर्नेसंगै मंसिर मसान्तभित्र अनिवार्य रुपमा संगठित सदस्यताको नवीकरण एवं नयाँ संगठित सदस्यता वितरण गरि सक्ने लगायत अन्य विभिन्न निर्णय गरेको जिल्ला समन्वय समिति सदस्य भुपेन्द्र कटेलले जानकारी दिनुभयो ।
बैठकले नेचा सल्यान गाउँपालिकामा यही मंसिर १५ गते, थुलुङ दुधकोशी गाउँपालिकामा १७ गते, माप्य दुधकोशी गाउँपालिकामा १९ गते, सोलु दुधकुण्ड नगरपालिकामा २१ गते, महाकुलुङ गाउँपालिकामा २३ गते,सोताङ गाउँपालिकामा २४ गते, खुम्बु पासाङल्हामु गाउँपालिकामा २६ गते र लिखुपिके गाउँपालिकामा २६ गते बैठक बोलाउने निर्णय गरेको उहाँले बताउनुभयो ।
Discussion about this post