मंसिर १०, सोलुखुम्बु । सुनको भाउ भारि अंकले घटेसँगै व्यापारीहरुमा छटपटी बढेको छ । सरकारले भन्सार शुल्कमा छुट दिएर सुनको भाउमा गिरावट आएपछि व्यापारीहरुमा निरासा बढेको छ भने खरिदकर्ताहरुमा उत्साह छाएको छ । हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा खुलेका सुन पसलका व्यापारीहरु सुनको भाउमा गिरावट आएपछि निरास छन् । यसअघिनै भारी मुल्यमा खरिद गएर ल्याएको सुनकै गहनाहरू विक्री भइरहेकाे बेला सुनको भाउमा आएको गिरावटले व्यापारमा ठुलो मार परेको व्यापारी बताउँछन् ।
सोमबार बाट लानुहुने गरी सरकारले सुनको भन्सार शुल्कमा १० प्रतिशत घटेसँगै सुनको भाउ आज १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको छ । सुनको भन्सार शुल्क घटेसँगै चाँदीको भन्सार शुल्क पनि ५ प्रतिशतले घटेर १० प्रतिशतमा झरेको छ ।
Discussion about this post