मंसिर ११, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका विद्यार्थीलाई निःशुल्क दाँत, मुख र आँखा परिक्षण तथा उपचार सेवा सुरु भएको छ । नेचासल्यान गाउँपालिका वडा नम्बर २ स्थित प्राथमिक स्वास्थ्य केन्द्र सल्यानको आयोजनामा सोमबारबाट गाउँपालिका क्षेत्र भित्रका सञ्चालित सामुदायिक सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण सम्बन्धी शिविर सुरु भएको हो ।
गाउँपालिका भरिका ३७ वटा सामुदायिक तथा नीजि विद्यालयमा अध्ययनरत करिव २५ सय विद्यार्थीलाई सेवा दिने गरि सोमबारबाट शिविर सुरु भएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । सोमबार बाट सुरु भएको स्वास्थ्य शिविरमा मंगलबार सम्म २ सय ५० विद्यार्थीको दाँत, मुख तथा आँखा परिक्षण आवश्यक उपचार गरिएको केन्द्रले जनाएको छ । हाल सम्म ४ वटा विद्यालयमा शिबिर सञ्चालन गरिएको र बाकी विद्यालयमा निरन्तर सञ्चालन गरिने जनाइएको छ । अस्पतालको अस्पताल व्यवस्थापन समितिको निर्णय अनुरुप शिविर आयोजना भएको जनाइएको छ ।
Discussion about this post