मंसिर ११, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्ब ६ मुक्लीमा घुम्ती शिविर मार्फत ६३ जनाले सेवा लिएका छन् । मंगलबार सञ्चालन गरिएको घुम्ती शिविरमा विभिन्न शाखावाट ६३ जनाले सेवा लिएका हुन् ।
जस्मा रक्त परीक्षण ३९ जनालाई स्वास्थ्य उपचार सेवा –३ जना, कृषि तथा पशु शाखा (परामर्श) १० जनालाई, स्वास्थ्य उपचार सेवा ३ जना, अपाङ्गता सहायता सामग्री वितरण२ जना, योजना सम्बन्धि परामर्श ५ जना रअपाङ्गता परिचयपत्र सम्बन्धी परामर्श/ सहजीकरण २ जनालाई प्रदान गरिएको वडा अध्यक्ष महेन्द्र राज राईले जानकारी दिनुभयो ।
Discussion about this post