मंसिर १२, सोलुखुम्बु । सोलुखुम्बमा माओवादी पार्टी परित्याग गरि नेपाली नेपाली काङ्ग्रेस प्रवेश गर्नेको लर्को लागेको छ । सोताङ गाउँपालिकामा यो सङ्ख्या बढ्दो छ । आज एक कार्यक्रमका बिच सोलुखुम्बु जिल्लाका माओवादी पार्टीका सल्लाहकार समितिका सदस्य तथा सहिद परिवारका सदस्य सोताङ गाउँपालिकाका ५ का लोकप्रिय नेता कमल राई लगायत सोताङ गाउँपालिका ४ का माओवादी युवा नेताहरु प्रमिला नाछिरिङ,पदम बहादुर नाछिरिङ र महेश नाछिरिङले नेकपा माओवादी पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको हो ।
उहाँहरुलाई सोताङ गाउँपालिका अध्यक्ष एवं नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि खिलराज बस्नेतले सदस्यता हस्तारण गरेर स्वागत गर्नु भएको छ ।
त्यस्तै, सोताङ गाउँपालिकाका नेपाली कांगे्रँस पार्टी सभापति कृष्ण बहादुर कार्की लगाएत नेपाली काँग्रेसका नेताहरुले स्वागत गर्नुभएको अरुण बस्नेतले जानकारी दिनुभयो ।
Discussion about this post