मंसिर १२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४ का करिब ३ सय बढी नागरिकले घुम्ती सेवा लिएका छन् । बुधबार सञ्चालन गरिएको घुम्ती शिविरमा विभिन्न शाखावाट ३ सय ५ जना नागरिकले सेवा लिएका हुन् ।
जस्मा स्क्रनिङ टेस्ट २० जनालाई, रक्त परिक्षण ५९ जना, स्वास्थ्य विमा कार्ड ७८ जनालाई यी मध्ये २ घरपरिवारमा अपाङ्गता स्वास्थ्य बिमा कार्ड वितरण गरिएको छ ।
यस्तै रिंग दबाब ४ जना, कृषि तथा पशु शाखाबाट औषधी ५० जना, रोजगार शाखावाट परामर्श सेवा १० जना, योजना सम्झौता ४ वटा र परामर्श ७ जना, स्वास्थ्य उपचार परामर्श सेवा २३ जना,कृषि तथा पशु शाखावाट औषधी ५० जना वितरण गरिएको वडा कार्यालयका कार्यवाहक वडाध्यक्ष लक्ष्मी भारतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार रोजगार शाखावाट परामर्श सेवा १० जना, सेतो छडी, लेकेन र कानमा लाउने औषधी एक एक जनालाई र ज्येष्ठ नागरिक परिचय पत्र ५० जनालाई बितरण गरिएको छ ।
Discussion about this post