मंसिर १३, सोलुखुम्बु । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा लुगा धुने ‘हाम्रो साबुन’ को उत्पादन सुरु भएको छ। गाउँपालिका वडा–५ र हाम्रो कृषि बहुद्देश्यीय सहकारीको ५०/५० प्रतिशत अनुदान, सहकार्यमा लुगा धुने हाम्रो साबुन उद्योगबाट उत्पादन सुरु भएको हो। मानेभञ्ज्याङ गाउँपालिका वडा–५ का अध्यक्ष रामकुमार राईका अनुसार हिजोदेखि आव २०८०/ ८१ को वडाको वार्षिक ८ लाख अनुदान र हाम्रो कृषि बहुद्देश्यीय सहकारीको ८ लाख साझेदारीमा उक्त उद्योग खोली साबुन उत्पादन थालिएको छ । दुई सय ग्रामको लुगाधुने साबुन बन्ने भएको छ । ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुर जिल्लालाई बजार व्यवस्थापन क्षेत्र तोकिएको छ ।
Discussion about this post