मंसिर १५, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसाका करिब ३ सय बढी नागरिक घुम्ती शिविरबाट लाभान्वित भएका छन् । वडामा सञ्चालन गरिएको घुम्ती शिविरबाट विभिन्न शाखा मार्फत ३ सय २२ जना नागरिक लाभान्वित भएका हुन् ।
जस्मा रक्त परिक्षण सेवा १३१ जनालाई, योजना परामर्श सेवा १० जना, स्वास्थ्य उपचार सेवा परामर्श सेवा ५० जना र स्वास्थ्य विमा कार्ड २८ जनालाई वितरण गरिएको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो ।
यस्तै कृषि तथा पशु शाखावाट औषधि ३९ जनालाई, रोजगार शाखावाट परामर्श सेवा १५ जना, महिला तथा वालवालिका शाखा अन्तर्गत ज्येष्ठ नागरिक परिचय पत्र ४० जनालाई वितरण गरिएको छ । सेतो छडीको औषधी ४ जनालाई, अपाङ्गता परिचय पत्रका लागि परामर्श सेवा ५ जनालाई दिइएको वडा कार्यालयले जनाएको छ ।
Discussion about this post