Saturday, October 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उपनिर्वाचन ताजा अपडेट, कसले कहाँ कहाँ जिते हेर्नुस पुरै विवरण

Radio Everest by Radio Everest
December 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १७, सोलुखुम्बु । उपनिर्वाचन भएका मध्ये ३३ स्थानको मत परिणाम सार्वजीक हुँदा नेपाली काङ्ग्रेस वडा तहमै अगाडी देखिएको छ । नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ भने नेकपा (एमाले) ले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ । नेकपा (माओवादी केन्द्र) ले पाँच वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक—एक स्थानमा जित हासिल गरेका छन् ।

कहाँ कहाँ जित्यो काङ्ग्रेस ले ?
नेपाली कांग्रेसले तेह्रथुमको लालीगुराँस नगरपालिका—८ मा जित हात पारेको छ । सुनसरीको गढी गाउँपालिका—६ मा नेपाली कांग्रेसका उम्मेदवार तेतर साहु, रौतहटको ईश्नाथ नगरपालिका—७ मा कांग्रेसका शेख अब्दुल खलिक, रौतहटको राजपुर नगरपालिका—६ मा कांग्रेसका समसे आलम, काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन, हेटौंडा—१२ को वडाध्यक्षमा अर्जुनप्रसाद तिवारी निर्वाचित भएका छन् । गुल्मीको मुसिकोट–१ मा नेपाली कांग्रेसका आनन्द श्रेष्ठले १ हजार १ सय ८४ मत पाएर जित हासिल गरेका छन् । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसका भुपमणि पुन मगरले ६ सय ४३ मत ल्याएर जित हात पारे । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा कांग्रेसका अमिन थारू, जाजरकोटको कुशे गाउँपालिका—७ मा कांग्रेसका खम्बबहादुर सिंह, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका—५ मा कांग्रेसका मोतीराम खत्री, बझाङको सूर्मा गाउँपालिका—४ मा कांग्रेसका धिरेन्द्र पुजारा, डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका मोहन थापा, दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसका धनसिंह कुँवर निर्वाचित भए । कञ्चनपुरको भीमदत्त नगरपालिका—६ मा कांग्रेसका प्रकाश चन्दले जितेका छन् ।

एमालेले कहाँ–कहाँ जित्यो ?
ताप्लेजुङको सिरिजंघा—३ मा एमालेका कुमारी सावादेन निर्वाचित भइन् । यता ओखलढुंगाको मोलुङ गाउँपालिका अध्यक्षमा एमालेका गंगाबहादुर तामाङ निर्वाचित भए । महोत्तरीको रामगोपालपुर नगरपालिका—२ मा एमालेका सकिवुल खाँ निर्वाचित भए । कपिलवस्तुको शुद्धोधन गाउँपालिका—१ मा एमालेका मोहमत ताहिर मुसलमानले वडाध्यक्ष जिते । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ मा एमालेका लालबहादुर शाही ले, दैलेखकै महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही ३ हजार १२७ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले २ हजार ६७५ मत ल्याए । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले) की सुलोचना भण्डारी निर्वाचित भएकी छन ्।

माओवादीले कहाँ कहाँ जित्यो ?
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ माओवादी केन्द्रका नवीनकुमार बान्तवा राई निर्वाचित भए । धनुषाको धनुषाधाम नगरपालिका—१ मा माअ‍ोवादी केन्द्रका सुनील कापर केवट, नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका कृष्ण घिमिरे निर्वाचित भएका छन् । गोरखा नगरपालिका—५ माओवादी केन्द्रका विष्णुबहादुर मगर, रोल्पाको पुथा उत्तरगंगा—२ मा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध वडाध्यक्ष चुनिएका थिए ।

जसपाले कहाँ कहाँ जित्यो ?
स्थानीय तह उपनिर्वाचनमा सप्तरी डाक्नेश्वरीका दुवै वडामा जनता समाजवादी पार्टी नेपाल निर्वाचित भएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणअनुसार वडा नम्बर १ को अध्यक्षमा जसपा धिरेन्द्रकुमार शाह निर्वाचित भए । डाक्नेश्वरीकै वडा नम्बर ४ मा जसपाका देवेन्द्रप्रसाद यादव निर्वाचित भए । गत स्थानीय तह निर्वाचनमा यी दुवै वडामा नेपाली कांग्रेस निर्वाचित भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि खोल्यो खाता

काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको छ । पहिलोपटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं महानगरपालिका—१६ मा जित हात पारेको हो । रास्वपाकी रोजिना श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएकी छन् ।

एकीकृत समाजवादी, नेमकिपा र स्वतन्त्रले जिते एकएक ठाउँ
रौतहटको गढीमाई नगरपालिका—८ मा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव निर्वाचित भए । कालीकोटको तिलागुफा नगरपालिका—४ मा नेपाल मजदुर किसान पार्टीले जित हात पा¥यो । झापाको कन्काई नगरपालिका—६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४ सय ९३ मतका साथ निर्वाचित भए ।

Previous Post

त्रियुगा–१२ को वडाध्यक्षमा एमालेलाई पछि पार्दै माओवादीका उम्मेदवार निर्वाचित

Next Post

अाफ्नाे जन्मदिनमा दानुरीले दिए विद्यार्थीलाई खेलकुदका सामाग्री 

Related Posts

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

October 31, 2026
0
सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

October 31, 2026
0
इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

October 31, 2026
0
मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
0
Next Post
अाफ्नाे जन्मदिनमा दानुरीले दिए विद्यार्थीलाई खेलकुदका सामाग्री 

अाफ्नाे जन्मदिनमा दानुरीले दिए विद्यार्थीलाई खेलकुदका सामाग्री 

Discussion about this post

Everest Highlights

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

October 31, 2026
सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

October 31, 2026
इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

October 31, 2026
मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

October 31, 2026
सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

October 31, 2026
इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

October 31, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly